Logo

बालिविज्ञानका विद्यार्थीलाई टनेल वितरण



तम्घास, २ पुसः  गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ ।

सो गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी खेती गर्नका लागि बिहीबार टनेल प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीलाई टनेल वितरण गरिएको हो ।

पाञ्चायन माध्यमिक विद्यालयले विगत छ वर्षदेखि कक्षा ९ देखि नै कृषि शिक्षा सञ्चालन गर्दै आएको छ । तीमध्ये कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई टनेल प्रदान गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेटिएको थियो । सोही कार्यक्रमअनुसार बिहीबार टनेल प्रदान गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot