Logo

न्यायाधीश राउतनिकट अधिवक्ता पर्शुराम कोइराला बारको आन्दोलनमा सक्रिय हुनुको कारण यस्तो रहेछ



काठमाडौं, २ पुस । नेपाल बारको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका र विभिन्न मिडियामा आफ्ना धारणा राख्दै आएका अधिवक्ता पर्शुराम कोइराला बारको आन्दोलनमा सक्रिय हुनुको कारण खुलेको छ । उनी सर्वोच्च अदालतका विवादस्पद न्यायाधीश प्रकाशमानसिंह राउतसँग निकट मानिन्छन् । कोइरालाको घरमा हुने धार्मिक कार्यमा समेत न्यायाधीश राउत सहभागी हुने गरेको पाईएको छ । अदालतनिकट स्रोतकाअनुसार कोइराला राउतका पारिवारिक नाताभित्र पर्छन् । कोइरालालाई राउतले उच्च अदालतको मुख्य न्यायाधीश बनाउन सहयोग गर्ने वचन दिएको पनि उच्च स्रोतको दाबी छ ।

पछिल्लो समय बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई असंवैधानिक तवरले हटाउन असफल प्रयास गरेको थियो । तर, अहिले बारको आन्दोलन तुहिएको छ । २० हजार कानून व्यवसायीहरुको छाता संगठन रहेको बारको आन्दोलनमा अहिले २० जना पनि वकिलहरु सहभगाी नभएको भनेर मिडियामा समाचार आएका छन् । कतिपयले त बारको आन्दोलन तुहिएको र बार ईतिहासकै कठिन मोडमा उभिन पुगेको पनि टिप्पणी गरिरहेका छन् ।

पछिल्लो समय माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रधानन्यायाधीशलाई असंवैधानिक तवरले हटाउन खोज्ने बारलाई सहयोग गर्ने भनेर चर्चा चलेको छ । उता, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले र यसका अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानन्यायाधीशले राजीनामा दिँदैमा वा महाभियोग लगाउँदैमा न्यायायभित्रको समस्या समाधान नहुने सार्वजनिक टिप्पणी गरेका छन् । बरु, ओलीले असार २८ गतेको परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुलाई महाभियोग लगाउनुपर्छ भनेर बोलेका छन् ।

न्यायाधीश राउत भने मौका कुरेर बसेका छन् । यदि पाँचै जनामाथि महाभियोग लगाउने वा हटाउने अवस्था आए राउतले फाईदा लिनसक्ने चर्चा छ । राउतले कायममुकायम प्रधानन्यायाधीश हुने चाहना राखेका छन् । जबरालाई असंवैधानिक तवरले हटाउन सकियो भने पनि लाभ लिन सकिनेगरि उनी हड्ताली न्यायाधीशहरुको कित्तामा उभिएका छन् । उसो त राउतको छवि पनि त्यति सफा छैन् । केही समय पहिले उनीविरुद्ध आफ्नै श्रीमती सडक संघर्षमा उत्रिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्