Logo

काँग्रेस पदाधिकारीमा कोइराला परिवार सुन्य



काठमाडौं, २ पौष । नेपाली काँग्रेसमा कोइराला परिवारको ठूलो योगदान छ । संस्थापक नेता वीपी कोइराला हुँदै काँग्रेसको महत्वपूर्ण जिम्मेवारी कोइराला परिवारले नै लिदै आएको छ । वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला काँग्रेसको नेतृत्व गरेका नेताहरु हुन् ।

सुशील कोइरालापछि काँग्रेसको पदाधिकारीमा डा. सशांक कोइराला छानिए । उनी १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए । १४औं महाधिवेशनमा कोइराला परिवारका तीनजना सदस्य सभापतिको दाबेदार थिए । डा. शेखर कोइराला, सुजाता कोइराला र सशांक कोइरालाले दाबी गरिरहे । अन्तमा सुजाता र सशांक पछि हटे ।

शेखर कोइराला सभापतिको प्रतिष्पर्धामा उत्रिए । कोइराला परिवार विभाजित भयो । सशांक तटस्थ बसे । सुजाता प्रकाशमान सिंहसँग जोडिइन् । उपसभापतिको उम्मेदवार बनिन् ।

शेखर सभापतिमा पराजित भए । सुजाता उपसभापतिमा पराजित भइन् । कोइराला परिवारकै महेश आचार्य पनि उपसभापतिमा पराजित भए । यसरी काँग्रेसको पदाधिकारीमा कुनैपनि कोइराला परिवारका सदस्य नरहने अवस्था सृजना भयो ।

सशांक कोइराला केन्द्रीय सदस्यमा उम्मेदवार छन् । उनी जित्ने निश्चितप्रायः छ । काँग्रेसको १४औं महाधिवेशनले कोइराला परिवारबाट सशांकलाई मात्र निर्वाचित गर्ने देखिदैछ ।

महाधिवेशनमा कोइराला परिवार एक हुन सकेनन् । यसले उनीहरुलाई ठूलो धक्का लाग्यो । निर्वाचन नतिजा हेर्दा कोइराला परिवार एक भएको भए देउवा सभापतिमा पराजित हुने सम्भावना बन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot