Logo

उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र खुसीयाली मनाउन प्रतिबन्ध



एजेन्सी, २ पुस। उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाका पूर्वशासक किम जोङ–इलको १०औं पुण्यतिथिको अवसर पारेर देशमा जनतालाई ११ दिनसम्म हाँस्न प्रतिबन्ध लगाइएको हो । रेडियो फ्री एसियाले दिएको खबरअनुसार, पुण्यतिथिको बेलामा यस्तो प्रतिबन्ध पहिले पनि लगाइने गरेको थियो तर, अहिले एक दशक पुगेको अवसरमा प्रतिबन्धलाई केही दिन बढी लम्ब्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शोक मनाइने यस घडीमा उत्तर कोरियालीहरूलाई रक्सी पिउन पनि मनाही गरिएको छ । देशको उत्तरपूर्वी शहर सिनुइजुका एक निवासीले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,, ‘शोक मनाउने समयमा हामीले रक्सी पिउने, हाँस्ने र मनोरञ्जन गर्ने कुनै काम पनि गर्न हुँदैन । मानिसलाई खाद्यान्न किन्न जान समेत दिइएको छैन ।’शोक अवधिभरि मानिसहरूले जन्मदिन मनाउन पाउँदैनन् र आफ्नो परिवारको कोही मानिस मरेमा पनि चिच्याएर रुन पाउँदैनन् ।’

१७ वर्ष उत्तर कोरियामा शासन गरेका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्