Logo

मानवीय सङ्कटबाट उम्किन हिउँदमा सयौं हजार अफगानीहरू युरोप पलायन हुन सक्ने : रुसी कूटनीतिज्ञ



मस्को, रूस, २ पुस: अफगानिस्तानका लागि रुसी राष्ट्रपतिका विशेष प्रतिनिधि जामिर काबुलोभले ठूलो आर्थिक र मानवीय संकट रोक्न नसकिएमा यो हिउदमा सयौं हजार अफगानी जोखिम मोलेर युरोप पलायन हुने सम्भावना बढेको शुक्रबार बताएका छन् ।

रूसी समाचार संस्था स्पुटनिकले काबुलोभको भनाइ उद्धृत गरी लेखेको छ, “पश्चिमाहरू अफगानीहरू देशबाट पलायन भई यूरोप बसाइँ सराइ गर्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्र संरचनाहरूले समेत पैसा पठाउन नसक्दा सिर्जना हुने परिणामले अफगानिस्तानको दुई करोड तीस लाख जनसङ्ख्याको कम्तीमा दशौं भाग यो जाडोमा युरोप पलायन हुनेछन् ।”

सयौं हजार अफगान परिवारहरूले देश छोड्नुपर्ने स्थितिप्रति विश्व समुदाय मुकदर्शक हुन नहुने भन्दै अफगानिस्तानको रोक्का भएको सम्पत्ती खुला गर्न सम्बन्धित मुलुक र परोपकारी संस्थाहरूले बेलैमा ध्यान दिन जरूरी रहेको कुरामा काबुलोभले जोड दिए ।

रूसी कूटनीतिज्ञ काबुलोभले भने, “संसारले अफगानीहरूलाई मद्दत आवश्यक छ ताकि उनीहरूले गुमाएका सबै सिमा तोड्न, युरोपमा प्रवेश गर्न नसकून ।”-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्