इन्टर मिलानको फराकिलो जित


काठमाडौं, ३ पुस । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सालेरनिटानामाथी फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानालाई ५–० गोल अन्तरले हराएको हो ।

इभान पेरिसिचले ११औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुवाति अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा डेन्जेल डुमफ्रिएसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

खेलको ५१औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।

खेलको ७७औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दा इन्टरको अग्रता ४–० को बन्यो ।

साथै, खेलको ८७औं मिनेटमा रोबर्टोले गोल गर्दा इन्टरलाई ५–० को जित दिलाए ।

यस जितसँगै इन्टर १८ खेलमा ४३ अंक जोडेको छ इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

सालेरनिटाना ८ अंक जोडेर पुछारमा रहेको छ ।