Logo

भुटानमाथी शानदार जित निकालेको नेपालले भोली भारतको सामना गर्दै



काठमाडौं, ३ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाले भुटानमाथी शारदार जित निकालेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमै मेनुका आले मगरले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिलाएकी थिइन् ।

खेलको १८औ मिनेटमा कुशुम खतिवडाले नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको २१औं मिनेटमा रजनी थोकरले गोल गर्दै ३–० को अग्रता दिलाईन ।

यस्तै, मेनुकाले ७२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को जित दिलाइन ।

यस जितसँगै नेपालले सात अंक जोडेको छ ।

आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ ।

नेपालले भोली (आइतबार) भारतको सामना गर्नेछ ।

भारतले ३ खेलमा दुई जीत र एक हार व्यहोर्दै ६ अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot