Logo

प्रधानमन्त्री देउवालाई जगन्नाथ खतिवडाकाे सवाल: “एमसीसी चाहिएकाे कि गठबन्धन ?”



काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठबन्धन र एमसीसीमध्ये एउटा राेज्नुपर्ने बताएका छन् । नेपाली रेडियाे नेटवर्क (एनआरएन) काे रेडियाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “५ दलीय गठबन्धन चाहिएकाे हाे कि एमसीसी चाहिएकाे हाे, प्रधानमन्त्रीले एउटा राेज्नुपर्छ । उहाँ सहमति गरेर हिँड्न चाहनुहुन्छ कि एक्लै हिँड्न चाहनुहुन्छ ? संविधान कार्यान्वयन, राजनीतिक स्थिरता, संसद्काे पूर्ण कार्यकालकाे एजेन्डा छाडेर एमसीसीमै सारा सामर्थ्य लगाउने हाे भने दु:खबाहेक केही व्यक्त गर्न सकिँदैन ।”

उपमहासचिव खतिवडाले अमेरिकी दबाबमा एमसीसी पारित गर्न लागेकाे भए प्रधानमन्त्री देउवा एक्लै पर्ने निश्चित भएकाे पनि बताए । उनले भने, “प्रधानमन्त्रीले जे सुकै भने पनि एमसीसी पास गर्न सकिँदैन । याे देश र जनताकाे हितमा छैन । प्रधानमन्त्री जतिसुकै अप्ठ्याराेमा पर्नाेस् ।” प्रधानमन्त्री देउवालाई अब सरकार प्रभावकारी नबनाउने छुट नभएकाे पनि उनले दाबी गरे ।

उनले थपे, “देउवा कांग्रेसकाे प्रधानमन्त्री हाेइन । गठबन्धनले व्यक्तिगत रूपमा पत्याएकाे हाे । उहाँले पार्टी महाधिवेशनसम्म किचकिच नगर भन्नुभएकाे थियाे । अब प्रत्येक कदममा नागरिकले अौंला ठड्याउनेछन् ।” के तपाईंहरूले भीम रावललाई आफ्नाे पार्टीमा स्वागत गर्न लाग्नुभएकाे हाे भन्ने पत्रकार धमलाकाे अर्काे प्रश्नमा उनले थपे, “उहाँ पहिले नै एमालेमा फर्कनु हुँदैनथ्याे । अब अाउने, नआउने उहाँकाे खुसी हाे । उहाँ लगायत सबैलाई ढाेका खुलै छ । हार्दिक स्वागत छ ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot