Logo

क्यान र खेलाडीको विवादमा गायक प्रमोद खरेल भन्छन्– प्रतिशोध र आवेग भन्दा देश ठूलो हो, एकढिक्का बनौं



काठमाडौं, ३ पुस । नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबीचको विवाद चुलिएको छ । यस विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

क्रिकेट प्रति चासोँ राख्नेहरुले यस विषयमा सामाजिक सञ्जालमा आ–आफ्ना धारणा राखेका छन् ।

यस सन्दर्भमा नेपाली खेलकुदलाई माया गर्ने गायक प्रमोद खेरेलले पनि आफ्नो धारणा राखेका छन् ।

उनले महत्वपूर्ण खेलहरु आउदै गरेको भन्दै प्रतिशोध र आवेग भन्दा देश ठूलो भएको भन्दै सबैजना एकढिक्का भएर खेल्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा मार्फत यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्,

खेलाडी वर्गिकरणको विषयलाई लिएर मिडियामा बोलेको भन्दै क्यानले खेलाडिहरुलाई स्पष्टीकरण सोधेको थियो ।

खेलाडीहरुले स्पष्टीकरण दिएपनि चित्तबुझ्दो जवाफ नदिएको भन्दै क्यानले पुनः स्पष्टीकरण दिन भन्यो ।

खेलाडीहरुले पुनः स्पष्टीकरण दिए । तर, क्यानले खेलाडीहरुलाई कारबाही गर्ने घोषणा गर्यो ।

क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने र कप्तानबाट मल्ललाई र उपकप्तानबाट दीपेन्द्र सिहं ऐरीलाई हटाउने निर्णय गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ले समेत शुक्रबार क्यानका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर खेलाडीहरुमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउदै पुनर्विचार गर्न आग्रह गरेका थिए ।

कारबाहीमा परेका खेलाडीहरुले पनि शुक्रबार पत्रकार सम्मेलन गर्दै क्यानको निर्णयले आफुहरुलाई दुःखीद बनाएको बताए ।

साथै, उनीहरुले खेलाडीहरुलाई ब्याट र बल छोड्ने अवस्थामा नपुर्याउन चेतावनि समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्