Logo

गणेश लामा काँग्रेस केन्द्रीय सदस्य निर्वाचित हुने सम्भावना बढ्यो



काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । १२ सय भन्दा बढी मतगणना भइसक्दा गणेश लामाले आफूलाई बढी मत ल्याउने २० जनाभित्र पारेका छन् ।

३५ जना खुल्लातर्फको केन्द्रीय सदस्य चयन हुने व्यवस्था अनुसार लामाले सम्भावना बढाएका हुन् । उनी विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवार बन्दा पराजित भएका थिए ।

गणेश लामा आपराधिक पृष्ठभूमिबाट आएको भन्दै विवादमा पर्दै आएका छन् । तर, काँग्रेसभित्र उनी अनुमोदित हुने सम्भावना बढेको हो ।



प्रतिक्रिया दिनुहोस्