Logo

बार महासचिव पौडेलको पनि सर्वोच्चको रिक्त न्यायाधीशमा आँखा, माओवादीमा जिम्मेवारी पाएनन् !



काठमाडौं, ३ पुस । नेपाल बारको यसपटको आन्दोलनमा महासचिव लीलामणि पौडेल निकै सक्रिय देखिएका थिए । तर, उनको सक्रियता पनि व्यक्तिगत स्वार्थको लागि रहेछ भन्ने कुरा खुल्न थालेको छ ।

खासगरी पौडेलले यसपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा आफूलाई सक्रिय बनाउनुको कारण भने सर्वोच्च अदालतमा रिक्त रहेको एक न्यायाधीशमा आफू जान खोज्नु रहेको अदालतनिकट स्रोतको दाबी छ ।

खासगरी उनी सुरुमा प्रधानन्यायाधीश जबरासँग यो अपेक्षा राखेर पुगेको र जबराले उनलाई कुनै वास्ता नगरेको बुझिएको छ । पौडेल माओवादी केन्द्रनिकट अधिवक्ताको रुपमा परिचित छन् । माओवादीले हालै विभिन्न विभाग गठन गरेको थियो ।

कानून व्यवसायीसम्बन्धी विभागमा भने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र प्रकाश महर्जनहरु परेका छन् । तर, उनै पौडेल भने परेनन् । अहिले उनले पार्टीनिकट कानून व्यवसायीहरुसँग गुनासो पोख्न थालेको पनि पाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot