Logo

प्रतिनिधिको सूची पठाउने म्याद थप



काठमाडौं, पुस ४ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पुस ५ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शनिबार प्रदेश सम्मेलनको बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन गरेको प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए।

पुस ३ गतेसम्म प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने भनिए पनि प्रदेश सम्मेलनमा भएको ढिलाइका कारण दुई दिन सारिएको हो । मल्लका अनुसार प्रतिनिधिको सूची आइसकेपछि पार्टीको स्थायी समिति बैठक बस्नेछ । पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन् । जसमा ५ प्रतिशत मनोनीत गर्ने व्यवस्था छ ।

प्रदेशलगायत स्थानीय तहको अधिवेशनमा अध्यक्ष प्रचण्डले सिधा हस्तक्षेप गरेको भन्ने आरोपको पनि सचिवालयले खण्डन गरेको छ ।

सचिवालयका अनुसार पालिकादेखि प्रदेशबागमती प्रदेशको शनिबार नेतृत्व चयन गर्ने भनिए पनि पुस ५ गतेसम्म सारिएको छ ।



प्रतिक्रिया दिनुहोस्