Logo

आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हरायो



काठमाडौं, पुस ४। इङ्लिस प्रिमियर लिग फुटबल अन्र्तगत गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हराएको छ ।

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोवीले एक एक गोल गरेका छन् । खेलको १६औँ मिनेटमा मार्टिनेलीले गरेको गोलको मद्दतले आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

्त्यस्तै, खेलको २८औँ मिनेटमा मार्टिनेलीले दोस्रो गोल गरेका थिए । ४२औँ मिनेटमा बुकायो साकाले गोल गरेका थिए भने ८४ औँ मिनेटमा इमिल स्मिथ रोवीले मार्टिन गोल गरेर आर्सनलले सानदार जीत हात पारेको छ । खेलको ७५औँ मिनेटमा लिड्स युनाइटेडका राफिन्हाले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot