Logo

साफ यु–१९ वुमेन्स च्याम्पियनसिपः आज नेपाल भारतसंग भिड्दै



काठमाडौं, पुस ४ । बंगलादेशमा जारी साफ यु–१९ वुमेन्स च्याम्पियनसिपमा नेपालले आज भारतको सामना गर्दैछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेल्दै प्रतियोगिताको शुरूवात गरेको नेपालले श्रीलंकालाई ६-० र भुटानलाई ४-० गोलले हराएको थियो ।

हाल नेपाल ३ खेलबाट ७ अङ्क जोड्दै समुहको शिर्ष स्थानमा रहेको छ । समान अङ्क जोडेको बंगलादेश गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ । समान ३ खेलबाट ६ अङ्क जोडेको भारत समूहको तेस्रो स्थानमा छ । आजको खेलमा भारतलाई बराबरीमा मात्र रोकेको खण्डमा नेपालले फाइनलको बाटो तय गर्नेछ ।

यता भारतलाई भने आजको खेलमा जितको विकल्प छैन । नेपालविरुद्ध बराबरी वा हारको नतिजाले भारत प्रतियोगिताबाट बाहिरिनेछ । वीर श्रेष्ठ शहेद शिपाही मोस्ताफा कमल रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ६ः४५ बजे शुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्