काठमाडौं, ४ पुस । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इल्चेमाथी रोमान्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ गोल अन्तरले हराएको हो ।
खेलको १६औं मिनेटमा फेरान ब्लाङ्कले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
१९औं मिनेटमा गाभीले गोल गर्दा बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
खेलको ६२औं मिनेटमा टेटे मोरेन्टेले गोल गर्दै इल्चेलाई २–१ को अवस्थामा ल्याए ।
६३औं मिनेटमा इल्चेका पेरे मिल्लाले गोल गरेपछि खेल २–२ को बराबरीमा आएको थियो ।
तर, खेलको ८५औं मिनेटमा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई ३–२लाई रोमान्चक जित दिलाए ।
यस जितसँगै बार्सिलोना १७ खेलमा २७ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।
साथै, १५ अंक जोडेको इल्चे १६औं स्थानमा छ ।




प्रतिक्रिया