Logo

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बढेपछि नेदरल्यान्ड्समा कडा लकडाउन



एजेन्सी, ४ पुस। नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो । सम्पूर्ण अत्यावश्यक बाहेकका पसलहरु, सांस्कृतिक तथा मनोरन्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुनेछन्।

युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको छ । इयु प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।ओमिक्रोन फैलिएपछि युरोपका विभिन्न देशहरुले विभिन्न प्रतिबन्ध लगाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्