Logo

विश्वका ८९ मुलुकमा फैलियो ओमिक्रोन



एजेन्सी, ४ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ ।

दुई तीन दिन भित्रमा अहिले देखिएको भन्दा ओमिक्रोन संक्रमितको संख्या दोब्बर हुन सक्ने डब्लूएचओको पछिल्लो रिपोर्टलाई उदृत गर्दै भारतीय संचारमाध्यमहरुमा समाचार छ ।

डब्लूएचओले विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङ सार्वजनिक गरेको हो । दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन भाइरस बेलायत, जर्मनी, अमेरिका, भारत ,चीन लगायत ८९ मुलुकमा फैलिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot