Logo

महेश बस्नेतको दाबी : तत्कालिन राजा ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति नेपालकै भूमिमा भएको हो (भिडिओसहित)



काठमाडौं, ४ पुस । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिन राजा ज्ञानेन्द्र शाहबीच ५ बुँदे सहमति भएको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलेको कुरा सत्यता भएको बस्नेतको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘उहाँहरुले भारतविरुद्ध खुल्लमखुल्ला गतिविधि गर्नुभयो । सुरेश आलेमगर, मात्रिका यादव, उहाँहरुलाई मनमा के पर्यो भने, भारतको हामीप्रति हेर्ने दृष्टिकोण फेरियो भन्ने पर्यो । त्यसपछि यहाँ एमाले र कांग्रेसको सत्ताचाहीँ धेरै अनपपुलर भयो भन्ने, एकदम कमजोर भएको भन्ने जनताबाट यिनीहरु एकदम नाँग्गिएको भन्ने बुझाई थियो । जब उहाँहरुलाई भारतमा आफ्नो स्थान भएन भन्ने भयो अनि भारतीय विस्तारवादको कुरा गर्दै दाङमा सुरुङमार्गको कुरा गर्नुभयो र राजासँग उहाँहरुले वार्ता गर्नुभयो । ज्ञानेन्द्र रप्रचण्ड भन्ने मान्छे त एउटै हो कि क्या हो भन्ने कुरा त आएको थियो नि । उहाँहरुबीच ५ बुँदे सहमति भएकै हो ।’

बस्नेतले प्रचण्ड र ज्ञानेन्द्रसँग ५ बुँदे सहमति भएको र यसको आधार रहेको पनि दाबी गरे । उनले ५ बुँदे सहमति नेपालकै भूमिमा भएको जिकिर गरे । उनले भने–मलाई लाग्छ, कमल थापालगायत जो राजासँग निकट रहे, जो अहिले धेरै धोका पाएर होला कि क्या हो ? अहिले ठिक ठाउँमा आउनुभएको छ । उहाँहरु राजाको तर्फबाट प्रतिनिधि बन्दै, यताबाट प्रचण्डको तर्फबाट पनि आफ्ना प्रतिनिधि पठाउनुभएको थियो । ठ्याक्कै को को थिए ? भनेर म भन्न सक्दिन् । अहिलेको अर्थमन्त्री पनि हुनसक्नुहोला, वर्षमान पनि हुनुहोला ।’ उनले प्रचण्डको राजनीति मुख सानो भएपनि ठूलो ठूलो अम्बा टोक्न खोज्ने रहेको र बेला बेलामा अड्किने गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्