Logo

गगन थापा र विश्वप्रकाश शर्मालाई मन्त्री रामकुमारी झाँक्रीद्वारा बधाई



काठमाडौँ, ४ पुसः नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बधाई दिएकी छिन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचनबाट महामन्त्री पदमा विजयी भएका थापा र शर्मालाई मन्त्री झाँक्रीले आज बधाई दिएकी हुन्।

मन्त्री झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छिन्,’हार्दिक बधाई! मित्र गगन कुमार थापा र दाई विश्व प्रकाश शर्मालाई! यहाँहरूको जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबरजस्त दबाब हो। यसको सन्देश मुलुक, समाज र राष्ट्र सबैको दायित्व अब युवाहरूले बोक्नुपर्छ भन्ने हो। हामी सबैको लागि अबसर र चुनौति दुबै हो।’



प्रतिक्रिया दिनुहोस्

Screenshot