Logo

सर्वदलीय बैठक बिनानिश्कर्ष सम्पन्न, कसले के भने ?



काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीबारे साझा धारणा बनाउनको लागि बोलाईएको उक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको हो । सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा सबै दलका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए । र, साझा सहमतिमा नपुगिएको सुनाए ।

उनले भने–‘‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ ।’

सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार उनी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए । उनले अहिलेकै अवस्थामा एमसीसी पास नहुने धारणा राखे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot