Logo

काठमाडौं उपत्यकाबाट काँग्रेस केन्द्रीय सदस्यमा ३ नेताको जीत सुनिश्चित



काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ जनामध्ये अधिकांशको जीतको सुनिश्चितता देखिइसकेको छ । यसपटक काठमाडौं उपत्यकाबाट खुल्लातर्फ ३ जना निर्वाचित हुने देखिएको छ । ती सबै ललितपुरका हुन् ।

काठमाडौंबाट गगन थापा महामन्त्री निर्वाचित भइसकेका छन् । तर, १० निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट काँग्रेसमा कुनै पनि नेता केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेका छैनन् ।

केन्द्रीय सदस्यमा जित सुनिश्चित गरेका ललितपुरका उदय शमशेर राणा पूर्व सांसद तथा पूर्व अर्थ राज्यमन्त्री हुन् । जितजङ्ग बस्नेत तरुण दलका अध्यक्ष हुन् । मदनबहादुर अमात्य ललितपुर काँग्रेसका पूर्व सभापति हुन् । तीनैजना सभापति शेरबहादुर देउवा निकट छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot