Logo

काँग्रेसमा निर्वाचित पदाधिकारी देखि केन्द्रीय सदस्य को कता (नामावलीसहित)



काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्यहरुको टुंगो लागिसकेको छ । अहिलेसम्मको प्राप्त नतिजालाई आधार मान्दा सभापति शेरबहादुर देउवा पदाधिकारी र केन्द्रीय सदस्यमा स्पष्ट बहुमतमा देखिएका छन् ।

पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा देउवा पक्षका अधिकांश जितेका छन् । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ मध्ये देउवा पक्षधर ८ जना जितेका छन् ।

देउवा समूहबाट सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । डा. शेखर कोइराला समूहबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी भए । प्रकाशमान सिंह समूहबाट १ महामन्त्री विजयी भए ।

सभापतिमा देउवासहित उनको समूहबाट उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु किशोरसिंह राठौर, उमाकान्त चौधरी, महेन्द्र यादव, फर्मूल्लाहा मन्सुर, भीष्मराज आङदम्बे र डीना उपाध्याय निर्वाचित भएका छन् ।

डा. शेखर कोइराला समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीहरुमा जीवन परियार, बद्री पाण्डे निर्वाचित भए । प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भए ।

नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमा देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए ।

प्रदेश २ को केन्द्रीय सदस्यमा देउवा पक्षका २ जना निर्विरोध निर्वाचित भइसकेका छन् । महिलातर्फ १ जना देउवा पक्षकै निर्वाचित भइन् ।

पदाधिकारीमा को कता
देउवा पक्ष-८
सभापति, शेरबहादुर देउवा
उपसभापति, पूर्णबहादुर खड्का
सहमहामन्त्री, किशोरसिंह राठौर
सहमहामन्त्री, उमाकान्त चौधरी
सहमहामन्त्री, महेन्द्र यादव
सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर
सहमहामन्त्री, भीष्मराज आङदम्बे
सहमहामन्त्री, डीना उपाध्याय

कोइराला पक्ष- ४
उपसभापति, धनराज गुरुङ
महामन्त्री, गगन थापा
सहमहामन्त्री, बद्री पाण्डे
सहमहामन्त्री, जीवन परियार

प्रकाशमान सिंह समूह- १
महामन्त्री, विश्वप्रकाश शर्मा

केन्द्रीय सदस्यमा खुल्लातर्फ को कता
देउवा पक्ष
एनपी साउद
बालकृष्ण खाँण
उदय शमशेर राणा
रामहरि खतिवडा
ज्ञानेन्द्रबहादुर कार्की
रमेश लेखक
शंकर भण्डारी
जिपछिरिङ्ग लामा
जितजंग बस्नेत
गोपालमान श्रेष्ठ
मोहनबहादुर बस्नेत
सुनिलबहादुर थापा
नैनसिंह महर
गोविन्द भट्टराई
कुन्दनराज काफ्ले
सुरेन्द्रराज पाण्डे
पदमनारायण चौधरी
राजिव ढुंगाना
गुरु बराल
मदनबहादुर अमात्य
गणेश लामा
दिनेश कोइराला
उमेशजंग रायमाझी
मोहन आचार्य
डा. गोपाल दहित
शेखर कोइराला पक्ष
अर्जुननरसिंह केसी
दिलेन्द्रप्रसाद बडु
डा. रामशरण महत
बलबहादुर केसी
दीपक गिरी
सञ्जयकुमार गौतम
गोविन्दराज पोखरेल
अजयबाबु शिवाकोटी
कृष्णकिशोर घिमिरे
तटस्थ
डा. सशांक कोइराला

केन्द्रीय सदस्य प्रदेश र समावेशीतर्फ
देउवा पक्ष
आनन्दप्रसाद ढुंगाना
रमेश रिजाल
चित्रलेखा यादव



प्रतिक्रिया दिनुहोस्