Logo

गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गरेको छैन : शंकर पोखरेल



देउखुरी, ५ पुसः नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गर्न नसकेको बताएका छन्। घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

सरकारको स्पष्ट दृष्टिकोण नहुँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अलपत्र परेको समेत उनले बताए। एमसीसीबारे सरकारले आफ्नो दृष्टिकोण नबनाइ प्रतिपक्षको आश गरेको उनले बताए। उनले अहिलेको गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काममा नलागेको स्पष्ट पारेका छन् ।

उद्घाटन गर्दै महासचिव पोखरेलले भने, ‘सरकारको स्पष्ट दृष्टिकोण नहुँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अलपत्र परेको छ। कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गरे’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्