Logo

प्रतिनिधि सभाको बैठक बस्दै, आज एमसीसी टेबल नहुने



काठमाडौं, पुस ६ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सुचना अनुसार आजको बैठकमा यौन हिंसाविरूद्धको केही ऐन, फौजदारी कसूर तथा फौजदारी कार्यविधि केहि ऐन संशोधन तथा स्वीकृतीका लागि सुचना र प्रस्ताव प्रस्तुत हुँदैछ ।

आजको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबल नहुने देखिएको छ । सम्भावित कार्यसूचीमा एमसिसीबारे उल्लेख नरहेकाले उक्त प्रस्ताव टेबल नहुने देखिएको हो । प्रतिनिधि सभा बैठक बस्नुअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot