Logo

पुष्पा: सबैभन्दा बढी कमाउने फिल्म



काठमाडौं, पुष ५ । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनीत फिल्म ‘पुष्पा: राइज’ १७ डिसेम्बरमा रिलिज भएको थियो । फिल्मले फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यो फिल्म कोरोनापछिकै सबैभन्दा बढी व्यापार गर्ने फिल्म बनेको छ ।

यो फिल्मले रिलिजको दोस्रो दिन अर्थात शनिबार (हिन्दी भाषाको) बक्स अफिसमा करिब चार करोडको कलेक्सन गरेको छ । रिपोर्टका अनुसार फिल्मले दुई दिनमै विश्वभर सय करोडको आँकडा पार गरेको छ ।

फिल्मले अष्ट्रेलिया लगायत अन्य देशमा पनि राम्रो व्यापार गरिरहेको छ । ‘पुष्पाः द राइज’ सुकुमारले निर्देशन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्