Logo

फ्रेन्च कप फुटबलः फेइगनिजमाथी पीएसजीको शानदार जित



काठमाडौं, ६ पुस । फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एससी फेइगनिजमाथी सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले एससी फेइगनिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

यस खेलमा लियोनल मेसी भने टोलीमा परेका थिएनन् ।

खेलको १६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत् गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

३१औं मिनेटमा माउरो इकार्डीले पनि पेनाल्टीमार्फत् दोस्रो गोल गरे ।

यस्तै, खेलको ५१औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

यस जितसँगै पीएसजी फ्रेन्च कप फुटबलको अर्को चरण प्रवेश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्