Logo

प्रतिनिधिसभाको १०औँ अधिवेशनको बैठक शुरु (लाइभ भिडियोसहित)



काठमाडौँ, ६ पुस। प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक शुरु भएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवन प्रतिनिधिसभाको बैठक शुरु भएको हो । आजको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ । मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot