Logo

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : सचेतक भट्टराई



काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् । आज (मंगलबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

गठबन्धन तोडे संसद् चलाउन र एमसीसी पारित गर्न एमालेले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने प्रचण्डको भनाइ निराधार भएको भन्दै उनले एमालेलाई बद्नाम गर्ने कुरा पुष्टि हुन नसक्ने स्पष्ट पारेका थिए । उनले एमालेलाई गठबन्धन तोड्न र सरकारमा जान कुनै रुची नरहेको धारणा पनि राखे ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot