Logo

नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्छु : नवनियुक्त कप्तान सन्दीप



काठमाडौँ, ६ पुस। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफ्नो कप्तानीमा नेपाललाई टेस्ट मान्यताप्राप्त राष्ट्र बनाउन मुख्य भूमिका निर्वाह गर्ने बताएका छन् । हाल अष्ट्रेलियामा चर्चित बिग बास लिगमा व्यस्त सन्दीपले आज (मंगलबार) क्रिकेटको विश्वचर्चित समाचार संस्था क्रिकिइनफोलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् ।

सन्दीपले भन्नुभयो,‘नेपाललाई एकदिवसीय मान्यता भन्दामाथि उठाउने लक्ष्य राखेको छु । हामी सबैलै बारम्बार एउटै कुरा भन्दै आएका छौँ, एकदिवसिय विश्वकप खेल्नुपर्छ र टेस्ट राष्ट्र बन्नुपर्छ । तर, यो लक्ष्य चुनौतीपूर्ण छ । जबसम्म म कप्तानको रुपमा यहाँ छु । हामीले टेस्ट राष्ट्र बन्नका लागि आफ्नो तर्फबाट सम्भव भएसम्मको प्रयास गर्नेछौँ।’

सन्दीपले केवल टोलीका २१ जना खेलाडी र पदाधिकारीको मात्र नभएर तीन करोड नेपालीको नेतृत्व गर्न पाउनु आफ्ना लागि खुशीको क्षण भएको पनि बताए । ‘नेपाली क्रिकेटमा उतारचढाव भए पनि हामी उज्ज्वल भविष्यको खोजीमा छौँ । हामी मैदान बाहिरका असहमतिलाई हटाएर मैदानमा राम्रो प्रदर्शन गर्दै विश्वकपमा छनोट हुनेछौँ । सोही अनुसार अगाडि बढ्नेछौँ,’ सन्दीपले भने।-File Photo: RN



प्रतिक्रिया दिनुहोस्