Logo

समता घरेलुको साधारण सभा आज हुँदै



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको आज पुस ७ गते आठौ वार्षिक साधारणसभा हुँदैछ । संस्थाले सभा धुलिखेलको मिरावेल रिसोर्टमा विहान साढे ११ बजे साधारणसभा बोलाएको हो ।

आज बस्ने सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । संस्थाले हाल कायम चुक्ता पूँजी २८ करोड ५६ लाख रुपैयाँको ५ प्रतिशत नगद लाभांश र २० प्रतिशतको बोनश शेयर पारितका लागि साधारणसभामा पेश हुने भएको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था साविकका समता लघुवित्त र घरेलु लघु बित्त एक अर्कामा मर्जर भई २०७८ बैशाख २ गतेदेखि सञ्चालन हुँदै आएको छ । मर्जरका कारण संस्थाको शेयर संरचनामा फरेबदल भएको थियो । सोहि क्रममा सर्वसाधारण समुह तर्फ न्युनतम ३० प्रतिशत नहरेकाले ३० प्रतिशत पुर्याउनका लागि एफपिओ जारी गर्ने प्रस्ताव गरिने जनाईएको छ ।

सभा प्रयोजनार्थ संस्थाले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने भएकोले लाभांश मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्राप्त गर्न सक्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot