Logo

‘ए’ डिभिजन लिगः शीर्ष स्थानमा मनाङ, कुन टिम कुन स्थानमा ?



काठमाडौं, ७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् ।

पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ ।

साथै, दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबपनि ५ खेलमा ३ जित र २ बराबरीसँगै ११ अंकका साथ अपराजित रहेको छ ।

समान नौं अंक जोडेका त्रिभुवन आर्मी क्लब र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

आर्मी र संकटा पाँच खेलमा दुई जित र तिन बराबरी खेलेका छन् ।

यस्तै, सादोबाटो युथ क्लब पाचौं, थ्री स्टार युथ क्लब छैटौं, न्यू रोड टिम सातौं र हिमालय शेर्पा क्लब आठौं स्थानमा रहेका छन् ।

व्रिगेड ब्वाईज क्लब पाँच अंकका साथ ९औं स्थानमा छ ।

यस्तै, क्रमशः नेपाल पुलिस क्लब दशौं, नेपाल एपिएफ क्लब ११औं र जाउलाखेल युथ क्लब १२औं स्थानमा रहेका छन् ।

तालिकाको अन्तिम दुईमा च्यासल १३औं र फ्रेन्डस क्लब १४औं अर्थात पुछारमा रहेको छ ।

लिगमा छैठौं चरणका खेल ९ गते (शुक्रबार)बाट सुरु हुनेछ । तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्