Logo

प्रतिपक्षी दलको अवरोधपछि बाग्मती प्रदेशसभा बैठक स्थगित



काठमाडौं, ७ पुस । बाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि आजका लागि बैठक स्थागित भएको हो ।

प्रदेशका पुर्वमुख्यमन्त्री डोरमणि पौडेलले सुरुवातमै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोस पोखेका थिए । उनी बोल्न सुरु गरेलगत्तै एमालेका सांसदहरुले विरोध जनाएका थिए ।

सभामुख सानुकुमार श्रेष्ठले पटक–पटक सांसदहरुलाई बस्न आग्रह गरेपछि नमानेपछि बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot