Logo

सञ्चार मन्त्री कार्कीद्वारा ‘एसएमएस गेटवे’ को शुभारम्भ (फोटोफिचर)



काठमाडौं, ७ पुस । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुचना प्रविधि विभागद्वारा निर्मित ‘एसएमएस गेटवे’ को शभारम्भ गरेका छन् ।

आज सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि ‘एसएमएस गेटवे’को शभारम्भ गरिएको हो ।

सुचना प्रविधि विभागद्वारा सञ्चालित यस एकीकृत ‘एसएमएस गेटवे’ प्रयोग गरि सरकारी निकायहरुले न्युनतम शुल्कमा कर्मचारी तथा जनतासँग प्रभावकारी सञ्चार आदानप्रदान गर्न सकीने बताइएको छ ।

साथै यसबाट सरकारी निकायहरुले सेवा दिन पठाइएका एसएमएसहरुको एकीकृत प्रतिवेदन प्राप्त गर्न सकिनेछ । तस्विरः मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्