Logo

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छनौट गर्न साझ ७ बजे मतदान हुँदै



विराटनगर, पुस ७ । नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा नेतृत्व चयन गर्न निर्वाचन गर्ने भएको छ । पदाधिकारी टुंगो लगाउन गठित कार्यदलले पनि सहमति खोज्न नसकेपछि बेलुका ७ बजे चुनाव हुने भएको हो । चुनाव विराटनगरस्थित पार्टी कार्यालयमा हुने जनाइएको छ ।

अहिले मनोनयनको प्रक्रिया जारी रहेको माओवादी केन्द्रको अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवसहित ९ जना पदाधिकारी चयन हुने छन् । १ नम्बर प्रदेशमा २५९ जनाले मतदान गर्नेछन् ।

माओवादी केन्द्र प्रदेश कमिटीको बैठक आज बसेको हो । बैठकपछि नौ पदाधिकारीका लागि निर्वाचन हुने भएको हो । अध्यक्षका लागि हर्कबहादुर लावती, शिवकुमार डाँगी, मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायतको दाबी गर्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्