Logo

काँग्रेस र राप्रपा फुट्नै नसक्ने, कम्युनिस्टहरु जुट्नै नसक्ने



काठमाडौं, ७ पौष । नेपाली काँग्रेस फुट्नै नसक्ने अवस्थामा छ । त्यही अवस्था राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि छ । काँग्रेसभित्र जतिसुकै आन्तरिक द्वन्द्व भएपनि फुटको सम्भावना न्यून छ । काँग्रेस फुट्नै नसक्ने गरी जडिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि फुट्नै नसक्ने भएको छ । राप्रपामा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि आक्रोशित कमल थापा अन्ततः मथ्थर भएका छन् । उनी आफैले धर्मसंकटमा परेको उल्लेख गरे । भागवत् गीतामा छोएर पार्टी नफुटाउने कसम खानेमा तत्कालीन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी थिए । गीता छोएर खाएको कसम तोड्दा जाने नकारात्मक सन्देशप्रति थापा सजग बनेका छन् ।

कम्युनिस्ट पार्टी भने जुट्नै नसक्ने अवस्थामा पुगेका छन् । २०७४ सालको आमनिर्वाचनमा एकजुट भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछि नेकपा एमाले बन्यो । २०७७ मा दुवै पार्टी फुटे । एमाले फेरि फुट्यो । नेकपा तीन टुक्रा भइसकेको छ ।

फुटेका कम्युनिस्ट पार्टीहरु जुट्नै नसक्ने अवस्थामा छन् । नेताहरु एक अर्कासँग बोल्न तयार छैनन् । एक अर्काको अस्तित्व मान्न तयार छैनन् ।

वामपन्थी शक्ति जुट्नै नसक्ने र काँग्रेस फुट्नै नसक्ने परिस्थिति बन्दा चुनाव नजिकिदैछ । त्यसमाथि राप्रपा एकता महाधिवेशन गरेर नयाँ नेतृत्वका साथ बढेको छ । यसले भविष्यमा हुने चुनावमा ठूलो असर पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot