Logo

ईन्जिनियर भगवान झा ‘मिथिला रत्न’ पदकबाट सम्मानित



काठमाडौं, ७ पुस । अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले समाजसेवी ईन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरेको छ । मैथिली अधिकार दिवसको अवसरमा आज डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै झालाई उक्त पदकबाट सम्मान गरेको हो ।

सम्मानित भएपछि झाले विगत लामो समयदेखि आफूले निस्वार्थ भावले मिथिला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनको लागि काम गरेको सुनाए । उनले भने,‘यो किसिमको अन्तर्राष्ट्रिय सम्मान पाउनु नेपाल र नेपालीको लागि पनि खुशीको कुरा हो । आगामी दिनमा अझै सक्रियताका साथ मिथिला संस्कृतिको रक्षाको लागि काम गर्न मलाई यसले प्रेरणा मिल्ने विश्वास लिएको छु ।’

निःस्वार्थ भावले कुनैपनि काममा लाग्दाखेरि कहीँ न कतैबाट त्यसको उचित मूल्यांकन हुने कुरा सम्मेलनले आफूलाई गरेको सम्मानले पनि पुष्टि भएको उनको भनाई छ । झा मैथिल ब्रम्हाण महासभा, नेपालका अध्यक्ष पनि हुन् । झालाई उक्त पदकबाट सम्मान गर्न पाएकोमा आयोजक समितिले पनि गौरवको अनुभव गरेको छ ।



प्रतिक्रिया दिनुहोस्