Logo

लिभरपुलको रोमान्चक जित



काठमाडौं, ८ पुस । काराबाओ कप फुटबलमा लिभरपुलले रोमान्चक जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

लिभरपुलले सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्