काठमाडौं, ८ पुस । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा ग्राहकहरूलाई ६५० प्रतिशत सम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निशुल्क 150 Mbps देखी 300 Mbps सम्म अपग्रेड गरेको हो ।
प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आमप्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिनुहुनेछ। हाई स्पिड इन्टटरनेट प्रयोग गर्न आम ग्रहकबर्गहरूलाइ 5ghz Dual Band राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिकटेकबाट प्राप्त गर्न सक्नुहुने जानकारी गराउँदछौं ।
नविनतम प्रविधका साथ ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिकटेक सदैव तत्पर रहेको छ। क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र Triband राउटरको साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको यहाँहरूलाइ अगवत नै रहेको छ ।
वाइफाइ ६ का साथमा टाकियन (TACHYON) 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको समेत जानकारी दिएको छ । वाइफाइ ६ अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहको कम्पनीले जनाएको छ । दुर्गम देखि सुगम सम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको कम्पनीले जानकारी दिएको छ ।




प्रतिक्रिया