Logo

कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन



एजेन्सी, ८ पुस। कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान शहरमा लकडाउन गरिएको छ । एक करोड ३० लाख जनसंख्या भएको उक्त शहरमा मानिसहरुलाई घरमै बस्न भनिएको चिनियाँ संचारमध्यमहरुले जनाएका छ ।

डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १ सय ४३ जनामा ​​कोरोना संक्रमण देखिएको छ ।

हिजो (बुधबार) शहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई दिनमा घरमा एक जनालाई मात्र अत्यावश्यक वस्तुहरू किन्न बाहिर निस्कन दिइनेछ भने सरकारी कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ।

चीनले कोरोना संक्रमण फैलिन नदिन ठूलो परिमाणमा परीक्षण र लकडाउनको रणनीति अपनाइरहेको छ । चीनमा आगामी फेब्रुअरी २०२२ मा हुने शीतकालीन ओलम्पिकलाई ध्यानमा राखी सतर्कता पनि बढाइएको छ ।

यस शहरका मानिसहरूलाई उचित कारण बिना शहर बाहिर निस्कन अनुमति छैन। यसका लागि प्रशासनबाट अनुमति लिनुपर्छ । यी प्रतिबन्धहरू कहिलेसम्म रहनेछन् भन्ने जानकारी दिइएको छैन । सियान विमानस्थलबाट हुने धेरै उडानहरू पनि रद्द गरिएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्