Logo

अमेरिकासँग २६ रनले पराजित भयो टेस्ट राष्ट्र आयरल्यान्ड



काठमाडौं, ८ पुस । टेस्ट राष्ट्र आयरल्यान्ड टी–ट्वान्टी क्रिकेटमा अमेरिकासँग २६ रनले पराजित भएको छ ।

जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर केवल १ सय ६२ रन जोड्न सक्यो ।

आयरल्यान्डका लर्कन टकरले अविजित ५७ रन जोडे साथै, पल स्टर्लिङले ३१ तथा शेन गेटकाटेले १९ रन बनाए ।

अमेरिकाका लागि शौरभ नेत्रभाल्कर, अली खान र निसर्ग पटेलले समान दुई–दुई विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ८८ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ६५ रन जोड्न सफल भए ।

यस्तै, शुशान्त मोदानीले अर्धसतक बनाए भने मार्टी केनले १५ बलमा अविजित ३९ रन जोडे ।

आयरल्यान्डका लागि बेरी म्याककार्थीले सर्वाधिक ४ विकेट लिए ।

साथै, सिमी सिंह र वेन ह्वाइटले समान एक–एक विकेट लिए ।

अमेरिकाले पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध क्रिकेट सिरिजको आयोजना गरिरहेको हो ।

यसै अन्तरगत दुई खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोली अमेरिकाले १–० को अग्रता बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्