Logo

बोलिभियामा सडक दुर्घटना, सातको मृत्यु



८ पुस । बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात जना यात्रुको निधन भएको छ ।त्यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोँचमा खस्दा ती यात्रुको निधन भएको हो ।

आठजना यात्रु लिएर गएको भ्यान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी एकजना घाइते भएका बताइएको छ ।यहाँको नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण सडक चिप्लो भएर उक्त सवारी चिप्लिएर सडकमा खसेको बताएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्