Logo

‘कम्युनिष्ट पार्टी चलाउने भनेको ज्योतिषलाई हेराएर भन्ने कुरा हुँदैन्’ : नारायणप्रसाद दाहाल (भिडिओसहित)



नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता नारायणप्रसाद दाहालले पार्टीको अब हुने राष्ट्रिय सम्मेलनले नयाँ नीति लिने सुनाए । उनले कुराकानीको क्रममा भने–‘कम्युनिष्ट पार्टी चलाउने भनेको ज्योतिषलाई हेराएर यति वर्ष राहु÷केतु छन् भन्ने कुरा हुदैन ।’ आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता दाहालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्दैछ, कस्तो विचार ल्याउदै हुनुहुन्छ र राजनीतिक प्रतिवेदनमा के हुन्छ ?

अब अहिलेको अवस्थामा हामीले मुल नारा नै तय गरेका छौं । नयाँ विचार र नयाँ पार्टी निर्माण गरौं भन्ने मुल उद्देश्यका साथ अहिलेको राष्ट्रिय सम्मेलन हुँदैछ । यसमा मुख्य गरेर हामीले एकताका बिभिन्न प्रक्रियाहरु पुरा गर्दै आउँदा पार्टी जसरी सुढृत र व्यवस्थित गरेर जानु पर्ने थियो । तर, बिचमा त्यसो हुन सकेन । साथै, फागुन २३ गतेपछि यता आएर हामी पार्टी पूननिर्माणमा अगाडि बढ्ने भनेर नयाँ विचारलाई संश्लेषण गरेर जाने भनिसकेपछि हामी अहिले त्यही काममा गम्भिरताका साथ लागेका छौं । एउटा कुरा हामीमा के विश्वास छ भने कम्युनिष्ट पार्टी भनिसेकपछि विचार र राजनीतिक कार्यदिशाको आधारमा चल्ने हो । त्यसलाई ठोस र मूर्तिकृत बनाएर लैजान जरुरी रहेको छ भनेर हामी अगाडी बढेका छौं । तयारी तिब्रताका साथ भइरहेको छ ।

तपाईंले नयाँ विचार ल्याउने भन्नुभयो, उसोभए माओवादीले लिएको पुरानो निति गलत भएको हो ?

समाजवादी क्रान्ति सम्पन्न गर्ने भनेर हामीले जुन भनिरहेका छौं र नेपालमा वैज्ञानिक समाजवादको स्थापनार्थ अहिले हामीले राजनीतिक कार्यदिशा र राजनीतिक कार्यक्रम त्यहीअनुरुप अगाडि बढाएका छौं । संगठनात्मक सिद्धान्तअनुसार त्यसलाई प्राप्त गर्ने उद्देश्यका साथ काम भइरहेको छ । हामीले वागमती प्रदेशको सम्मेलन भव्यताका साथ केही दिनअघि सम्पन्न गर्यौं । सबैतिर देशैभरि यही उत्साहका साथ अगाडि बढेको हुनाले मुख्य नीति भनेको समाजवादी क्रान्तिलाई सम्पन्न गर्नको लागी सोहीअनुरुप पार्टीको कार्यदिशा अगाडि बढाउछौं ।

माओवादी पार्टीमा पुस्पकमल दाहाल ‘प्रचण्ड’ सर्वेसर्वा हुनुहुन्छ, अब उहाँको विकल्प खोज्ने समय भएन ?

विकल्प आवश्यकताले खोज्ने कुरा हो । नेताहरु नयाँ ढंगले आउने कुरा भनेको आवश्यकताले हुन्छ । कम्युनिष्ट पार्टी चलाउने भनेको ज्योतिषलाई हेराएर यति वर्ष राहुँ–केतु छन् भन्ने कुरा हुदैन । योजना, कार्यक्रम, नीति, सिद्धान्त, विधि, विधान र अहिले हाम्रो राजनीतिक कार्यक्रमलाई हाँक्नसक्ने हुनुपर्छ । त्यसैले जसले सक्छ, उसले चलाउने भइहाल्यो नि ।

तर, माओवादी केन्द्र आजको दिनमा विचलित भयो निति, विधि र नेतृत्व केहि पनि छैन् भन्छन् नि ?

तपाईंले कसरी भन्नुभयो ? माओवादी केन्द्र कसरी कमजोर भयो ?

माओवादी केन्द्रको अस्तित्व नै सकियो भनेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको छ ?

केपी ओलीले भनेर हुन्छ र ? यो देशमा केपीले जे भन्छन् त्यहि हुने हो ? त्यसैले केपीले के भने मुख्य कुरा होइन् । अहिले नेपालको राजनीतिको केन्द्रमा को छ भन्ने कुरा तपाईंले हेरेपनि देख्न सक्नुहुन्छ । अहिलेको अवस्थामा प्रचण्ड नभए देश चल्दैन, उहाँ नभए पात हल्लीदैन् । उहाँ दुई दिन बाहिर जानुभयो भने देश लुछाल जस्तो देखिन्छ । त्यसैले राजनीतिमा के को आधारमा कमजोर र के को आधारमा बलियो भन्ने हुन्छ । राजनीतिमा भिडबाड गराएर मात्र हुँदैन् ।

राजनीतिमा निति, विधि र सर्वमान्ने भिजन भएको नेता चाहिन्छ, माओवादीमा त्यो देखिदैन् ?

भिजन के कुरालाई भन्ने ? उखानटुक्कालाई भन्ने ? हसाउँने रमाइलो गर्नेलाई भन्ने की ? राजनीतिक कार्यक्रमलाई भन्ने ? भिजन त राजनीतिक दृष्टिकोणलाइृ भन्ने हो । अहिले हामी सम्मेलनको हल भित्र पसेका छैनौं । त्यसभित्र विचार र राजनीतिको एउटा बहस सुरु भइसकेको छ । नेकपा (एमाले)ले नाराणगढमा धेरै ठूलो हल्ला भयो तर, त्यहाँ कुन दिन विचारमा बहस भयो ? कुन दिन राजनीतिक कार्यक्रमको बारेमा बहस भयो ? त्यहाँ त केपी बा भन्ने कि नभन्ने भन्ने कुरामा बहस भयो । तर, हाम्रोमा अबको राजनीतिक कार्यदिशा के हुने भन्ने कुरामा बहस भयो । नयाँ विचार र नयाँ कम्युनिष्ट पार्टी निमार्ण गरौं भनेर हामीले सुरुदेखिनै बहस गरिरहेका छौं ।

माओवादीमा प्रचण्डको उत्तराधिकारी को हो ?

सबै उत्तराधिकारी हो । हाम्रो पार्टीमा आवस्यक पर्यो भने धेरै नेता जन्मन्छन् । यहाँ टिमका लगाएर नेता हुने होइन् । कम्युनिष्ट पार्टी भित्रको नेता भनेको आवस्यकताले जन्म लिने हो । कसैले बन्छु भनेर बन्ने होइन् । रहर त धेरैले गरे । तर, कम्युनिष्ट पार्टीमा रहर गरेर मात्र हुँदैन । हाम्रो पार्टीमा पनि कसैले रहर गर्लान् ? तर, त्यो सम्भव हुँदैन् ।

माओवादी सर्वहराको पार्टी भन्ने गरिन्थ्यो तर, अहिलेको अवस्थामा माओवादी हुनेखानेको पार्टी बनेको छ । माओवादीमा तरमारा प्रवृति रहेसम्म जस्तोसुकै विचार भएपनि कार्यान्वयन गर्न गाह्रो छ भन्छन् ?

होइन्, तपाईले भनेजस्तो छैन् । माओवादी सर्वहराकै पक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्