Logo

बागमती प्रदेशको बैठक एमालेद्वारा अवरुद्ध, अर्को सूचना नआएसम्म बैठक स्थगित



मकवानपुर, ८ पुस: बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए ।

यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताए । आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्