Logo

शिक्षासँग सम्बन्धित तीनवटै ऐन ‘फास्ट ट्रयाक’बाट ल्याउँछौँ : मन्त्री पौडेल



काठमाडौँ, ८ पुस।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षासँग सम्बन्धित तीनवटै ऐन ‘फास्ट ट्रयाक’बाट ल्याउन लागेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज (बिहिबार)को बैठकमा उनले छिटोभन्दा छिटो संघीय ऐन मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको स्पष्ट पारेका हुन् ।

उनले भने, “लामो समयदेखि यी ऐनहरू रोकिएकाले माध्यमिक, प्राविधिक तथा उच्च शिक्षामा असर परिरहेको छ । यी ऐनका मस्यौदा तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । फास्ट ट्रयाकबाट भए पनि ल्याउँछौँ ।” मुलुक संघीयतामा गए पनि संघीय ऐन नबन्दा शिक्षा क्षेत्रमा नकारात्मक असर परिरहेको उनले बताए ।-Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्