Logo

अर्थमन्त्रीबारे गोकुल बाँस्कोटाको टिप्पणीः महासचिवको दाबी हाप्ने वा अर्थमन्त्री ?



काठमाडौं, ८ पौष । नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले प्रचण्डकै खल्तीको मिडियाले अर्थमन्त्री जर्नादन शर्मामाथि शृंखलावद्ध हमला जारी राखेको भन्दै यसको राजनीतिक रहस्य राष्ट्रिय सम्मेलन रहेको टिप्पणी गरेका छन् । उनले शर्मामाथि महासचिवको दाबी छाड्ने वा अर्थमन्त्री छाड्ने चुनौती आएको टिप्पणी समेत गरे ।

आज ट्वीट गर्दै बाँस्कोटाले अर्थमन्त्री शर्मा प्रचण्डको जालोमा रहेको समेत बताए । पछिल्लो समय अर्थमन्त्री शर्मामाथि मिडियाले आलोचना बढाइरहँदा बाँस्कोटाको भनाई आएको हो ।

उनले ट्वीट गर्दै लेखेका छन्ः अर्थतन्त्रका अनेक सूचक ओरालो लाग्दा अर्थमन्त्रीमाथि आलोचना बढ्नु स्वभाविक हो ।तर प्रचण्डकै खल्तीका मिडीयाले उनीमाथि सृंखलाबद्द हमला जारी राख्नुको राजनीतिक रहस्य चै माओवादीको सम्मेलन रहेछ।महासचिबको दाबी हाप्ने वा अर्थमन्त्री?सुप्रिमोकै जालोमा शर्मा!



प्रतिक्रिया दिनुहोस्