Logo

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित



जनकपुरधाम, पुस ९। नेपाली कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन्। शुक्रबार बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समितिले जनाएको छ। सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्