Logo

राष्ट्रिय ख्रीष्टियन महासंघद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली ( फोटोफिचर)



काठमाडौं, पुस ९ । ख्रीष्टमस २०७८ को सन्दर्भमा राष्ट्रिय ख्रीष्टियन महासंघले मोटरसाइकल र्‍याली गरेको छ । यस वर्षको ख्रीष्टमस डे पुष १० गते परेको छ । ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडौंमा शुभकामना आदान–प्रदान मोटरसाइकल र्‍याली गरेको हो । ¥याली बिजुलीबजार पुलबाट सुरु भई माइतिघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, लाजिम्पाट, उत्तरढोका हुँदै कृष्ण पाउरोटी, पुतलीसडक र भृकुटीमण्डप सम्म गरिएको थियो । ¥यालीमा विभिन्न मण्डलीहरु, ख्रीष्टियन संघसंस्थाहरु, राजनीतिक दलहरु र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्