Logo

यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किदै



काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् ।

फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो ।

च्याम्पियनसिपको फाइनलमा आयोजक बंगलादेशले भारतलाई पराजित गर्दै उपाधि उचालेको छ ।



प्रतिक्रिया दिनुहोस्