‘ए’ डिभिजन लिगः एपीएफ र न्युरोड तथा नेपाल पुलिस र फ्रेन्डस भिड्दै


काठमाडौं, ९ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट छैटौं चरणको खेलहरु सुरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) दुई खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम बिच प्रतिस्पर्धा हुनेछ ।

११औं स्थानमा रहेको एपीएफ र सातौं स्थानमा रहेको न्युरोडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

न्युरोड आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार ल्याउन चाहन्छ भने एपीएफ पनि शीर्ष पाँचमा उक्लीन चाहन्छ ।

यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ जुन खेल साझँ ४ः४५ बजे सुरु हुनेछ ।

पुलिस ५ खेलमा ५ अंक जोड्दै दशौँ स्थानमा छ भने फ्रेन्ड तालिकाको पुछारमा रहेको छ ।