Logo

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम जोखिमपूर्ण



काठमाडौं, पुस ९ । कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित ५० देखि ७० प्रतिशतलाई अस्पतालमा उपचारको आवश्यकता कम पर्ने पछिल्लो अध्ययन विश्लेषणले पुष्टि गरेको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको बारेमा अहिले नै सबैकुरा भन्न नसकिने भए पनि अस्पतालमा उपचारको आवश्यकता पर्ने गरी गम्भीर विरामी बनाउने दर निकै कम भएको कुराले उत्साहित बनाएको जनाएको छ ।

तर पछिल्लो समय ओमिक्रोन संक्रमण फेला परेयता युरोपेली र अमेरिकी मुलुकमा संक्रमित हुनेको संख्या अत्यधिक रुपमा बढेको छ ।

अध्ययनले कोरोना विरुद्धको बुस्टर खोप लगाएको १० हप्तापछि देखि मात्रै खोपले संक्रमित हुनबाट रोक्ने देखाएको छ ।

खोपले गम्भीर रोग बिरूद्ध बलियो सुरक्षा प्रदान गर्ने सम्भावना रहेको जनाइएको छ । दक्षिण अफ्रिका, डेनमार्क, इङ्ल्याण्ड र स्कटल्याण्डको तथ्यांकका आधारमा विश्लेषण गरिएको हो ।(



प्रतिक्रिया दिनुहोस्